४ वर्ष पहिले
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उनबीचको सम्बन्ध जहिले पनि उतारचढावमा भरिएको छ । यी दुईले कहिले एकलाई कहिले अर्कोलाई बारम्बार धम्की दिइरहेका पनि छन् । तर, उनीहरु केही पहिले भेट्दा चाहिँ यो सब बिर्सिएर लामो समय कुराकानी गरेका थिए । त्यही भेटमा किमले आफ्ना काका मारिएको घटनाबारे ट्रम्पलाई सुनाएका थिए । यो दाबी गरिएको छ, अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लेखिएको एक पुस्तकमा । किताबमा राजद्रोह तथा आरोपमा किमका काका जेंग सोंगको हत्या भएको विषयमा उल्लेख गरिएको छ । सन् २०१३ मा भएको यो घटनाबारे किताबमा लेखिएको छ ।
यो किताब हो, पत्रकार बोब वुडवार्डको नयाँ किताब– रेज ।