× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी

    ४ वर्ष पहिले

    काठमाडौं । इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट अष्ट्रेलियाले जितेको छ ।

    म्यान्चेष्टरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो । तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि बढेको छ । २ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले शतकीय पाली खेल्दै १ सय १८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाएका थिए । अन्यको खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन । अष्ट्रेलियाका जोस हेडलहुडले सर्वाधिक ३ विकेट लिए । यसअघि, म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनायो । तीन खेलको सिरिज अन्तर्गतको दोस्रो एकदिवसीय भोली हुनेछ भने अन्तिम खेल बुधबार हुनेछ ।