× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • सुचना प्रविधि

    ६३८ रुपैयाँमै फोरजी स्मार्टफोन ल्याउँदै जियो

    ४ वर्ष पहिले

    काठमाडाैं । सस्तो अनि फोरजी स्मार्टफोन खोज्नेहरूका लागि निकै खुसीकाे खबर हुन सक्छ । टेलिकम सेक्टरमा सस्तो डेटाका कारण लोकप्रियता कमाएकाे मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले अब स्मार्टफोन बजारमा पनि हात हाल्ने तयारी गरिरहेका छ ।

    हालसम्मकै सस्ताे फाेरजी स्मार्टफाेनका साथ कम्पनीले आगामी तीन महिनाभित्र बजारमा जियाे फाेन फाइभ ल्याउँदै छ । विभिन्न खबरका अनुसार रिलायन्सले आफ्नो देशमा १० कराेडभन्दा बढी सस्तो फोरजी स्मार्टफोन यही वर्षको डिसेम्बरसम्म लञ्च गर्न लागेकाे हाे । स्मार्टफाेनका साथ कम्पनीले डेटाको अफर पनि गर्ने जनाइएकाे छ ।

    गुगलको सहकार्यमा ल्याउन लागेको यो फोन एन्ड्रोइड प्लेटफर्ममा आधारित हुनेछ । जुलाई महिनामा गुगलले जियोमा ४.५ विलियन डलर लगानी गरेको थियो

    स्मार्टफाेन सेगमेन्टमा जियाेले क्रान्ति ल्याउन सके यसकाे नराम्राे असर चिनियाँ स्मार्टफोनलाई जानेछ । भारतीय बजारमा चीनका स्मार्टफोन राम्राे छ । अब साओमी, रियल्मी, ओप्पो, भिभो लगायतले अब सिधै जियो स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नेछन् ।

    रिलायन्सको जियो फिचर फोन यसअघि नै बजारमा उपलब्ध छ । रिलायन्सले सन् २०१७ मा जियो फोन लञ्च गर्दै यस सेगमेन्टमा हात हालेको थियो ।

    भारतमा जियो फोनका १० कराेड बढी प्रयाेगकर्ता छन् । डिसेम्बरमा ल्याउने भनिएकाे जियाे फाेन फाइभ पनि फिचर फोन जस्तै लाग्नेछ, तर यसले फोरजी सपोर्ट गर्दछ । याे जियाे फाेनकाे लाइट भर्सनकाे रूपमा रहनेछ, जसकाे सुरूवाती मूल्य ३९९ भारतीय रूपैयाँ (६३८ नेपाली रूपैयाँ) हुने अनुमान गरिएकाे छ ।