× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • मनोरञ्जन

    बलिउड इतिहासकै सबैभन्दा महंगो फिल्म बन्नेभयो ‘टाइगर-३’

    ४ वर्ष पहिले

    काठमाडौं । बलिउड सुपरस्टार सलमान खानका फ्यान्स उनको फिल्मको प्रतिक्षामा लामो समयदेखि बसिरहेका छन् ।

    बक्स अफिसमा उनको फिल्मले राम्रो प्रदर्शन गर्दछ । अहिले सलमान खान आफ्नो सुपरहिट सिरिज टाइगर ३ लाई लिएर चर्चामा छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार टाइगर ३ मा पनि सलमान र क्याट्रीनाको जोडी रहने बताइएको छ । तर यशराज फिल्मले अहिलेसम्म यस फिल्मको बारेमा केहि घोषणा गरिसकेको छैन । तर टाइगर ३ फिल्म बम्पर बजेटमा बन्न लागेको बताइएको छ ।

    जसपछि यो फिल्म बलिउडको इतिहासमा सबैभन्दा धेरै बजेटको फिल्म बन्नेछ । यो फिल्ममा सलमानलाई १०० करोड रुपैयाँ दिन लागिएको छ ।

    यो फिल्म विश्वका ७ वटा देशहरुमा शुटिङ गरिने बताइएको छ ।

    एजेन्सीको सहयोगमा