× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अमेरिकाको कूटनीतिक गतिविधिमा चीनले लगायो प्रतिबन्ध

    ४ वर्ष पहिले

    चीनले अमेरिकाको कूटनीतिक गतिविधिमा नयाँ प्रतिबन्ध लगाएको छ । चीनले मुख्य भूमि चीन र हङकङमा यस्तो प्रतिबन्ध लगाएको हो । 

    चीनले अमेरिकाको कूटनीतिक गतिविधिमा नयाँ प्रतिबन्ध लगाएको छ । चीनले मुख्य भूमि चीन र हङकङमा यस्तो प्रतिबन्ध लगाएको हो । 

    यसअघि गत वर्ष अमेरिकाले चिनियाँ कूटनीतिज्ञहरुमाथि यस्तैखाले प्रतिबन्ध लगाएको थियो । त्यसैको बदलास्वरुप चीनले नयाँ प्रतिबन्ध लगाएको हो । 

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नयाँ नियमहरु वरिष्ठ कूटनीतिज्ञ र बेइजिङस्थित अमेरिकी दूतावास र चीनभर रहेका वाणिज्य दूतावासका अन्य कर्मचारीमा लागू हुने जानकारी दिएका छन् । 

    अमेरिकाले गत वर्ष लगाएको प्रतिबन्ध हटायो भने चीनले पनि प्रतिबन्ध हटाउन सक्ने बताइएको छ । यद्यपि, दुवै देशका सबै क्षेत्रमा सामान्य आदान–प्रदान र सहकार्यलाई भने चीनले समर्थन गर्ने प्रवक्ताको भनाइ छ ।