× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात

    ४ वर्ष पहिले

    काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले विजयी सुरुवात गरेको छ । शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको हो ।

    आर्सनलको तीनै गोलका लागि यसै सिजन चेल्सीबाट आएका ब्राजिलियन खेलाडी विलियनको भूमिका रह्यो । खेलको ८औं मिनेटमा अलेक्जान्डर लाकाजेटले आर्सनललाई अग्रता दिलाए । पहिलो हाफमा त्यसलाई जोगाएको आर्सनलले दोस्रो हाफमा दुई गोल थप्यो ।

    ४९औं मिनेटमा गाब्रिएलले गोल गर्दै अग्रता दोब्बर पारे । ५७औं मिनेटमा पिएरे एमरिक अबामियाङले आर्सनलका लागि तेस्रो गोल गरे ।