× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    ‘दुर्लभ’ पहेँलो रङ्गको कछुवासहित पाँच जना प्रहरी नियन्त्रणमा

    ४ वर्ष पहिले

    काठमाडौं, २७ भदौ । प्रहरीले ‘दुर्लभ’ पहेँलो रङ्गको कछुवासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । शनिबार (आज) ७०० ग्राम तौल र १२ इन्च लम्बाई भएको पहेँलो रंगको कछुवालाई ३५ लाखमा बेच्नका लागि चितवनबाट काठमाडौं आएका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    शनिबार बिहान महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको संयुक्त टोलीले सुर्खेतका २५ वर्षीय सर्वराज बुढा, नुुवाकोटका १८ वर्षीय सुुरेन्द्र श्रेष्ठ, काभ्रेका २७ वर्षी सन्तोष रम्तेल, रौतहटका १८ वर्षीय रुपेश तिमल्सिना र नुवाकोटका १९ वर्षीय प्रमोद बाँस्कोटालाई नियन्त्रणमा लिएको हो ।

    महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख दिपक थापाले भने, ‘दुर्लभ कछुवा वा अन्य दुर्लभ पशुपन्छी बेचबिखन हुदैछ, भन्ने सूचना प्राप्त भएसँगै हामीले बिशेष टिम तयार बनाएर पठाइहाल्यौं ।

    साढे ११ बजे उनीहरूलाई काठमाडौं महानगर–१४ कलंकी मकालु पेट्रोल पम्प अगाडि छन् भन्ने सूचना पायौं । त्यसपछि महानगरीय प्रहरी बृत्त कालीमाटीका डीएसपी अपील बोहोरा र सोही बृत्त मातहतको महानगरीय प्रहरी प्रभाग कंलकी समेत सक्रिय भए ।’

    ३५ लाखमा बेच्ने योजनासहित उनीहरु एउटा कछुवा बोकेर चितवनबाट काठमाडौं आएका खुल्न आएको छ । उनीहरुलाई हिरासतमा राखेर कारबाही अघि बढाइएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए । न्युज२४नेपालबाट साभार ।