× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सालाहको ह्याट्रिकमा लिभरपुलको जित

    ४ वर्ष पहिले

    काठमाडौं। इङ्लिस प्रियिमर लिगमा १६ वर्षपछि फर्किएको लिड्स युनाइटेडले शनिबार राति उत्कृष्ट प्रदर्शन गरेको छ। तर, अन्तिम मिनेटमा पेनाल्टी दिएपछि लिड्स साविक विजेता लिभरपुलसँग ४-३ ले पराजित भयो।

    ३० वर्षपछि गत सिजन प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले घरेलु मैदानमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा महत्वपूर्ण तीन अंक जोड्यो। सालाहले तीनमध्ये दुई गोल पेनाल्टीमा गरेको थियो।

    लिभरपुलले चौथो मिनेटमै अग्रता लिएको थियो। सालाहले हानेको बल लिड्सका रक्षक रोबिन कोचको हातमा लागेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो। उक्त अवसरलाई सालाहले गोलमा परिणत गरेका थिए।

    १२औं मिनेटमा ज्याक ह्यारिसनले बराबरी गोल फर्काए। २०औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट लिभरपुलले फेरि अग्रता लियो।

    त्यसको १० मिनेट नबित्दै लिड्सका प्याट्रिक बामफोर्डले बराबरी गोल फर्काए। ३३औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई तेस्रो पटक अग्रता दिए।

    ६६औं मिनेटमा लिड्सका माटेउज क्लिजले फेरि बराबरी गोल फर्काए।

    खेल सकिन दुई मिनेट बाँकी हुँदा लिभरपुलले फेरि पेनाल्टी अवसर पायो। लिड्सका वैकल्पिक खेलाडी रोड्रिगोले फाबियानोलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि लिभरपुलले पेनाल्टी अवसर पायो। उक्त अवसरलाई सालाहले कुनै गल्ती नगरी गोलमा परिणत गरे।

    यससँगै लिगमा लिभरपुलले घरेलु मैदानमा अपराजित यात्रालाई ६० खेलसम्म पुर्‍याएको छ।

    लिभरपुलले अब अर्को खेल चेल्सीविरुद्ध खेल्नेछ भने लिड्सले बुधबार काराबाओ कपको दोस्रो चरणमा हलसिटीसँग खेल्नेछ।