× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    मैत्रीपुर्ण खेलमा मेस्सी सहितको बार्सिलोनाको सहज जित

    ४ वर्ष पहिले

    प्रि सिजनको पहिलो मैत्रीपुर्ण खेलमा स्पेनिस ला लिगा टोलि बार्सिलोनाले सहज जित निकालेको छ ।
    गएराति भएको खेलमा मेस्सी सहितको बार्सिलोनाले दोस्रो श्रेणीका क्लव जिमनाष्टिक टारागोनामाथि ३-१ को सहज जित निकालेको हो ।
    खेलको पाचौ मिनेटमै उस्मान डेम्बेलेले गोल गदै घरेलु टोलीलाई १- ० को अग्रता दिलाएका थिए।त्यसपछि खेलको १७ औं मिनेटमा एन्टोनि ग्रिजम्यानले पेनाल्टीको अवसर सदुपयोग गर्दै घरेलु टोलीलाई २-० अग्रता दिलाएका थिए।
    तर खेलको ३१ औं मिनेटमा जिमनाष्टिक टारागोनाका खेलाडी जाभी बेनिल्लाले सुन्दर गोल गदै खेल २-१ मा पुर्याएको थियो ।
    दोस्रो हाफमा बार्सिलोनाको नया प्रशिक्षक रोनाल्ड कोम्यानले नया टोली उतारेको थियो । दोस्रो हाफको ५१ औं मिनेटमा फिलिप कोउटिन्होले पेनाल्टीमा गोल गदैं बार्सिलोनालाई ३-१ जित दिलाएको थियो।