× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सिन्धुपाल्चोक पहिरो अपडेट : २ महिलाकाे शव भेटियो, २२ जना बेपत्ता

    ४ वर्ष पहिले

    सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा गएको पहिरोमा परी बेपत्ता २ जनाको शव फेला परेको छ भने अझै २२ जना हराइरहेका छन्।

    सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी प्रकाश सापकोटाले केही बेरअघि दिएको जानकारीअनुसार बाह्रबिसे नगरपालिका वडा नम्बर ७ को नाकुचेमा गएको पहिरोमा स्थानीय अन्दाजी ६२ वर्षीय भक्तिमाया श्रेष्ठको शव भेटिएको हो। त्यहाँ अझै १६ जना हराइरहेका छन्। पहिरोले ७ घर पुरेको छ।

    यस्तै सोही वडाको भीरखर्कस्थित विक टोलमा गएको पहिरोमा २ जनाको शव भेटिएको छ। डीएसपी सापकोटाका अनुसार स्थानीय २३ वर्षीया जुना विकको शव भेटिएको हाे। अन्य ६ जना हराइरहेका छन्। त्यहाँ २ घरमा पहिरोले क्षति पुर्‍याएकाे हाे।

    यस्तै बाह्रबिसे वडा नम्बर ७ मै पर्ने केम्बे भन्ने स्थानमा पनि पहिरोमा परी ३ जना घाइते भएका छन्। उपचारका लागि उनीहरूलाई अस्तालतर्फ लगिँदै गरेको उनले जानकारी दिए।

    ‘घाइतेहरूको नाम खुलिसकेको छैन,’ डीएसपी सापकोटाले भने, ‘त्यहाँ प्रहरीको टोली पुगिसकेको छैन, विस्तृत विवरण प्राप्त हुन बाँकी छ। अहिलेसम्म प्राप्त प्रारम्भिकर जानकारी यही हो।’ स्रोत नेपाल खबर ।