× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • सुचना प्रविधि

    एसियाका यी ७ धनी व्यक्ति , जसलाई प्रविधिले बनायो अर्बपति

    ४ वर्ष पहिले

    पछिल्लो वर्षयता प्रविधि क्षेत्र यसरी उकालो लाग्दैछ कि विश्वका अधिकांश धनी व्यक्तिहरुको सम्पत्तिको स्रोत नै प्रविधि बनिरहेको छ । यसको प्रभाव एसियाली देशहरुमा समेत पर्न थालेको छ ।

    एसियाका सबैभन्दा धनी १५ व्यक्तिमध्ये प्रविधिको क्षेत्रबाट सातजना अटाएका छन् । ब्लुमबर्ग बिलियनर्स इन्डेक्स र फोब्र्स बिलियनर्सले निकालेको सूचीमा आधारित रहेर साउथ चाइना मर्निङ पोस्टले १५ जना एसियाका धनी व्यक्तिहरुको सूची निकालेको छ ।

    यो सूचीमा प्रविधि क्षेत्रका अतिरिक्त रियल स्टेट, कन्जुमर, इन्डस्ट्रियल, फुड एन्ड बेभरेज आदि क्षेत्रका धनी व्यक्तिहरु अटाएका छन् । यसबाट हामीले प्रविधि क्षेत्रका ७ जना व्यक्तिहरु छनौट गरेका छौं ।

    ७. चङ सिए चाइदोङ

    चीनका ४८ वर्षीय चङ सिए चाइदोङ टेन्सेन्ट होल्डिङ्सका सहसंस्थापक हुन् । उनको सम्पत्ति १९.९ विलियन अमेरिकी डलर छ ।

    उनको कम्पनीले इन्सान्ट मेसेजिङ, गेमिङ र भर्चुअल पेमेन्टका एप्लिकेशन प्रदान गर्दछ । टेन्सेन्टले सन् २०१९ मा ५४.६ विलियन डलर कमाएको थियो । सन् २०१४ मा रिटायर्ड हुनुअघि उनी कम्पनीको चिफ टेक्निकल अफिसर रहेका थिए ।

    ६. ताकेमित्सु ताकिजाकी

    ७५ वर्षीय ताकेमित्सु ताकिजाकी जापानको टेक्नोलोजी कम्पनी कियेन्सका संस्थापक हुन् । उनको हालको सम्पत्ति २४.७ विलियन डलर रहेको छ ।

    उनले ओसाका लाई आधार बनाएर खोलेको कम्पनीले भेइकल, इलेक्ट्रोनिक फार्म तथा फुड प्याकेजरका लागि इलेक्टिक सेन्सर उत्पादन गर्दै आएको छ । यो कम्पनीका केही क्लाइन्टका रुपमा टोयोटा, तोसिबा, भोल्कस्वागेन लगायत छन् ।

    ताकिजाकीले कम्पनीको प्रमुखको रुपमा सन् २०१५ सम्म सेवा गरे । तर उनी आज कम्पनीको कोड सदस्यको रुपमा रहेका छन् ।

    ५. विलियम दिङ लेइ

    चीनका ४९ वर्षीय विलियनम दिङ लेइ टेक्नोलोजी कम्पनी नेटइजका संस्थापक हुन् । उनको सम्पत्ति २८ विलियन डलर रहेको छ ।

    उनले सन् १९९७ मा नेटइज कम्पनी स्थापना गरेका थिए । र अहिले पनि कम्पनीले बेइजिङ बेस्ड इन्टरनेट सर्भिस प्रोभाइडर रन गरिरहेको छ । साथमा यो कम्पनीले चर्चित गेमहरु वर्ल्ड अफ क्राफ्ट, ओभरवाच र वेस्टवार्ड जर्नीलाई लोकलाइज गरेकाे छ ।

    फलस्वरुप नेटइज विश्वको लार्जेस्ट इन्टरनेट र भिडियो गेम कम्पनीहरुमध्ये एक हो । गेमिङका साथमा यो कम्पनी चीनमा सबैभन्दा ठूलो फ्री ईमेल सर्भिस प्रोभाइडर पनि हो । साथै यसले अनलाइन भिडियो र म्युजिक ब्रोडकास्टिङ सर्भिस पनि प्रदान गर्छ ।

    ४. कोलिन ह्वाङ

    चीनका ४० वर्षीय कोलिन ह्वाङ पिन्डुओडुओका संस्थापक एवं प्रमुख हुन् । उनको सम्पत्ति २९.९ विलियन अमेरिकी डलर रहेको छ ।

    उनी चीनको ठूला ईकमर्स कम्पनीमध्ये एक पिन्डुओडुओ सन् २०१५ मा स्थापना गरे । प्यो प्लेटपर्मका हाल ६२८ मिलियन कस्टमरहरु रहेका छन् र सन् २०१९ मा मात्रै ४.२ विलियन कमाएको थियो । यो प्लेटफर्मले टिम पर्चेजिङलाई फिचर बनाएको छ।

    जहाँ प्रयोगकर्ताले आफूले किन्न चाहेका प्रडक्टहरुको बारेमा शेयर गर्दछन् ग्रोसरी, कपडा, एप्लायन्स लगायत समूहमा किन्न सक्छन् । यो कम्पनी सञ्चालन गर्नुअघि ह्वाङले माइक्रोसफ्टमा इन्टर्न गरे भने गूगलमा काम गरे ।

    उनले अन्य दुई ओटा इन्टरनेटमा आधारित कम्पनीहरु गेमिङ बिजनेसका लागि सिनयौडी र ईकमर्स प्लेटफर्मका लागि ओउकु डटकम पनि स्थापना गरेका छन् ।

    ३. ज्याक मा

    चीनका ५५ वर्षीय ज्याक मा चीनको सबैभन्दा ठूलो ईकमर्स कम्पनी अलिबाबा संस्थापक हुन् । उनको कुल सम्पत्ति ५०.३ विलियन अमेरिकी डलर रहेको छ । अलिबाबाले अनलाइन सपिङ साइट टबाओ का साथमा अनलाइन स्टोर फेसिलेटर टिमल सञ्चालनमा ल्याएको छ, जुन धेरै नै लोकप्रिय भएको छ ज्याकमा स्थापनाकालदेखि सन् २०१९ सम्म कार्यकारी प्रमुख रहेका थिए ।

    चीनको एक गरिब परिवारमा जन्मेका ज्याक माले अंग्रेजी शिक्षकको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । त्यसअघि उनलाई ३० रोजगारदाताले अस्वीकार गरेका थिए जसमध्ये एक केएफसी पनि थियो ।

    कम्प्युटिङको कुनै पृष्ठभूमि नहुँदा समेत ज्याक माले दुई दशकअघि आफ्नै अपार्टमेन्टमा अलिबाबालाई जन्माए । यसका लागि ज्याक माले आफ्ना केही साथीहरुलाई आफ्नो अनलाइन मार्केटप्लेसमा लगानी गर्नका लागि मनाए ।

    २. पोनी मा हुवाटेङ

    चीनका ४८ वर्षीय पोनी मा हुवाटेङ टेन्सेन्ट होल्डिङ कम्पनीका सहसंस्थापक एवं प्रमुख हुन् । उनको कुल सम्पत्ति ५७.३ अमेरिकी डलर रहेको छ ।

    उनले झाङ झिदोङसँग मिलेर टेन्सेन्ट होल्ङ्सि खोले, जो यो सूचीको १२ औं स्थानमा छन् । टेन्सेन्ट होल्डिङ्स इन्सान्ट म्यासेजिङ एप वीच्याटका लागि ख्याती प्राप्त छ । जसका एक विलियन भन्दा बढी प्रयोगकर्ता छन् । चिनियाँहरुको जीवनमा यो एपले निकै प्रभाव पारेको छ ।

    यो कम्पनीले कार निर्माता टेस्लामा पनि केही शेयर छ । साथै म्युजिक स्ट्रिमिङ सर्भिस स्पोटिफाई पनि यो कम्पनीको शेयर रहेको छ ।

    १. मुकेश अम्बानी

    भारतका ६३ वर्षीय मुकेश अम्बानी विश्वका आठौं तथा एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनकाे सम्पत्ति ८८.८ विलियन डलर रहेकाे छ । गत वर्षकाे तुलनामा उनकाे सम्पत्ति २२.९ विलियनले बढेकाे छ । तर उनले प्रविधि क्षेत्रमा मात्र नभइ अरू विभिन्न क्षेत्रमा गरेकाे ब्यापारबाट सम्पत्ति कमाएका छन् ।

    उनी रिलायन्स इन्डस्ट्रिजका प्रमुख हुन् । कम्पनीका संस्थापक आफ्ना बुवाको सन् २००२ मा निधन भएपछि उनी रिलायन्स इन्डस्ट्रिजको प्रमुख भएका थिए ।

    उनका बुवा धिरुभाइ अम्बानीले सन् १९६६ मा सानो टेक्स्टाइल म्यानुफ्याक्चर खोलेका थिए । आज, रिलायन्स इंडस्ट्रीज एक कम्पोजर हो जसले ऊर्जा, पेट्रो रसायन, कपडा, प्राकृतिक स्रोत, खुद्रा, र दूरसञ्चार उद्योगहरूमा काम गरिरहेका कम्पनीहरूको विशेषता रहेको छ।

    अम्बानीले स्थापना गरेकाे इन्टरनेट एवं टेलिकम्युनिकेसन्स कम्पनी जियाेले भारतमा एक प्रकारकाे क्रान्ति नै गरिरहेकाे छ । जियाेकाे नाममा फाेरजी फाेन सर्भिस समेत उनले ल्याएका छन् । टेकपानाबाटसाभार ।