× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित ५ जना पक्राउ ।

    ४ वर्ष पहिले

    दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित बाँके प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा जाजरकोट जिल्लाको कुसे गाउँपालिका वडा नं. ६ निवासी ३२ वर्षीय कृष्ण वली, वडा नं. ९ निवासी २८ वर्षीय इन्द्रबहादुर नेपाली, सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका वडा नं. ५ निवासी ३० वर्षीय जयबहादुर कामी, सोही ठाउँकै २५ वर्षीय गणेश विक र भेरी गंगा नगरपालिका वडा नं. १२ निवासी ३६ वर्षीय देवबहादुर बाँठा छन्।

    उनीहरु सबैलाई आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

    गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई बैजनाथ गाउँपालिका वडा नं. १ स्थित गगन थारुले सञ्चालन गरेको डेनियाल रेष्टुरेण्टबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रबक्ता, डिएसपी सुवास खड्काले जानकारी दिए।

    उनकाअनुसार उक्त छाला गणेश विक लगायतका व्यक्तिले सुर्खेतको छिन्चुबाट ४० लाखमा बिक्री गर्न बाँके जिल्लामा ल्याएका थिए। ‘प्रहरी आफै व्यापारी बनेर उनीहरुलाई निरन्तर फलो गरेपछि पक्राउ गर्न सम्भव भएको हो,’ अर्का एक प्रहरी अधिकारीले भने।

    सुरुमा रेड पाण्डाको उक्त छाला जाजरकोटका इन्द्रबहादुर नेपालीले जाजरकोटकै लोकेश सिंहबाट १० लाखमा लिएको भन्ने अनुसन्धानबाट खुल्न आएको खड्काले जानकारी दिए।

    त्यसपछि त्यो छाला कृष्ण वली हुँदै गणेश विकले लिएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट साभार ।