× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउपालिकामा ८ जना सहित चितवनमा थपिए २८ जना संक्रमित

    ४ वर्ष पहिले

    भाद्र २९,चितवन । भरतपुर अस्पतालले गरेको परिक्षणमा एकै दिन २८ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालको दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको १७३ नमुना परिक्षणमा २८ वटा नमुना पोजेटिभ र १४५ जनामा नेगेटिभ देखिएको हो । नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका रहेका छन् । जसमध्ये इच्छाकामना गाउपालिका वडा नम्बर ३ का १ जना, वडा नं. ४ का १ जना र वडा नं. ५ का ६ जना पुरुष रहेका छन् । उनीहरुको स्व़ाब क्वारेन्टाइनबाट लिइएको अस्पतालले जनाएको छ । त्यस्तै भरतपुर महानगर पालिकाको वडा नम्बर ५, ६, ८, १०, १२ र १८ का ४ महिला र ७ पुरुष रहेका छन् । उनीहरुको भरतपुर अस्पतालबाट स्व़ाब संकलन गरिएको थियो । त्यस्तै रत्ननगर नगरपालिकाको वडा नम्बर २ का १ पुरुष रहेका छन् । त्यसैगरी कालिका नगरपालिका वडा नम्बर ३ र ८ का ५ जना पुरुष र ५ महिला गरि १० जना रहेका छन् । उनीहरुको स्व़ाब क्वारेन्टाइनबाट लिइएको अस्पतालले जनाएको छ । यो संगै
    चितवनमा संक्रमितको संख्या १ हजार ८५ जना पुगेको छ । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना यो संगै संक्रमित संख्या १२ जना पुगेका छ भने ३ जना निको भएर घर फर्किएको अवस्था छ।