× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन ट्रक दुर्घटना अपडेट

    ४ वर्ष पहिले


    भाद्र २९, चितवन । मुगि्लङ नारायणगढ सडकखण्डमा आज विहान भएको ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ना ४ ख ८०११ नम्बरको ट्रकचालक बारा परवानीपुर–२, का २८ वर्षिय अजय साहको चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य पाँच जनाको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । काठमाण्डौबाट नारायणगढ तर्फ आउँदै जाँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र बिपरित दिशाबाट गई रहेको ना ४ ख ८०११ नम्बरको ट्रक एक आपसमा ठोकि्कएर दुर्घटना भएका हुन् । दुबै ट्रकको चालक र ट्रकमा सवार चार जना दुर्घटनामा घाईते भएका थिए । दुर्घटनाका कारण अबरुद्ध बनेको राजमार्ग अहिले दुवै तर्फ सञ्चालन हुने गरी खुलेको छ ।