× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सञ्चारकर्मी आक्रमण गर्नेमाथि कारबाही गर्ने मुख्यमन्त्री भट्टको प्रतिवद्धता

    ४ वर्ष पहिले

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चार गृहमा प्रवेश गरी पत्रकारलाई कुटपिट गर्ने समूहलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै उनले सो कुरा बताएका हुन् । 

    ‘सञ्चार गृहमाथि आक्रमण भएको जानकारी पाउनेवित्तिकै मैले प्रहरी, प्रशासनसँग कुराकानी गरेको थिएँ,’ मुख्यमन्त्री भट्टले भने, ‘आज पनि कैलालीका प्रमुख जिल्ला अधिकारीसँग घटनाबारे जानकारी लिएको छु, घटनामा संलग्नलाई कारवाही गर्न भनेको छु।’

     आइतबार धनगढीमा भएको पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासघ कैलालीको अगुवाइमा दोषीमाथि कारबाही गर्न दवाव दिन चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो ।
     सोही अनुसार आज जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिइएको छ भने भोलि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय गरिएको छ ।

     शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका २० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो । समाचारको विषयलाई लिएर उनीहरुमाथि हातपात भएको हो ।