४ वर्ष पहिले
भाद्र २९, चितवन ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको २९८ नमुना परिक्षण मध्ये ११ वटा नमुना कोभिड–१९ पुष्टि भएको छ । बाकी २८७ वटा नमुनाको नतिजा नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका प्रमुख डा. नीतु अधिकारीले जनाएका छन् । थप भएका स्रक्रमितहरु भरतपुर ६,१६,३ र २४ का २÷२ जना पुरुष र महिला रहेको र कालिका नगरपालिकाका ८ र ९ का ५ पुरुष र २ महिला रहेका छन् । संक्रमित सबैको पुरानो मेडिकल कलेज र सप्तगण्डकी अस्पतालबाट स्वाब संकलन गरिएको हो ।