× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिडे सुगा बन्ने निश्चित

    ४ वर्ष पहिले

    जापानी प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिने घोषणा गरेपछि पार्टीले नयाँ नेताको रुपमा योशिहिडे सुगा लाई चयन गरेको हो।

    ७१ बर्षिय सुगाले आबे को सरकारमा कैबिनेटको मुख्य सचिव पद सम्हाल्नु भएको थियो ।


    आजै लिबरल डेमोक्रेटिक पार्टी तथा क्षेत्रीय प्रतिनिधिहरुको बीच भएको चुनाव मा सुगाले कुल ५३४ भोटमा ३७७ मत प्राप्त गर्न सफल भएको थियो ।


    पार्टीले नयाँ नेताको रुपमा चयन गरेपछि आगामी बुधबार नयाँ प्रधानमन्त्रीको रुपमा सँसदबाट विश्वासको मत लिनु हनेछ ।


    प्रधानमन्त्री बन्ने निश्चित भएपछि सम्बोधन गर्दै सुगाले जापानको विकासका लागि आबेले सुरु गरेका कामहरुलाई निरन्तरता दिने बताएका छन्।