४ वर्ष पहिले
भाद्र ३०, चितवन
गएराति परेको अविरल वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्ड अझै अबरुद्ध रहेको छ । गएराति विभिन्न ठाउमा खसेको पहिरोको कारण अबरुद्ध बनेको राजमार्ग खुलाउन विहान ७ बजे देखि २ वटा लोडरहरुको प्रयोग गरिएको छ । २ तर्फी राजमार्ग सञ्चालन गर्न अझै ३ घण्टा लाग्न सक्ने इलाका प्रहरी कार्यालय मुगि्लनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिएका छन्।