× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    इजराइल,यूएई र बहराइनबीच ऐतिहासिक सम्झौताको प्यालेस्टाइनमा विरोध

    ४ वर्ष पहिले

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको विषेश पहलमा संयुक्त अरब इमिरेट्स र बहराइनले इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्नका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
    दुबै खाडी देशबीच सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई नयाँ मध्य पूर्वको सुरुवात भनेर यसको तारिफ गरेका छन् ।
    संयुक्त अरब इमिरेट्स र बहराइनले इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्नका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरिरहदा प्यालेस्टाइनमा भने विरोध प्रदर्शन भएको छ ।

    मंगलबार मुखमा माक्स लगाएर प्यालेस्टाइनी झण्डा बोकी सयौं प्यालेस्टाइनले कब्जा गरिएको पश्चिम तट र गाजा पट्टीमा इजराइल, यूएई र बहराइनबीच भएको सम्झौताको निन्दा गर्दै मंगलबार विरोध प्रदर्शन गरे। प्रदर्शन प्यालेस्टाइनका विभिन्न शहरहरुमा पनि भएको छ ।
    प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजराइलका प्रधानमन्त्री नेतान्याहू, बहराइनका राजा हमद बिन ईसा अल खलीफा र यूएईका राजकुमार मोहम्मद बिन जायद अल नाह्यानको पुत्ला जलाएका थिए ।

    स्रोत : अलजजिरा