× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सम्झौताको छिनोफानो गर्न गेरार्थ बेल इंग्ल्याण्ड जाने भएका छन् ।

    ४ वर्ष पहिले

    रियल म्याड्रिडका फरवार्ड गेरार्थ बेल प्रिमियर लिग क्लब टोटनहम हट्सपरसँग अनुबन्ध सम्झौताको छिनोफानोका लागि इंग्ल्याण्ड जाने भएका छन।

    यसै शुक्रबार क्लबसँग कुराकानीका लागि बेलले म्याड्रिडबाट इंग्ल्याण्ड जाने पक्का गरेको बीबीसीले जनाएको छ।

    २०१३ मा बेल टोटनहमबाट नै त्यसबेलाको विश्वकीर्तिमानी रकम ८५ मिलियन पाउण्डमा  रियलसँग अनुबन्ध भएका थिए।

    त्यसयता रियलबाट चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका उनले क्लबका लागि १०० गोल गरेका छन।

    शुक्रबार उनको पारिश्रमिक लगायत कुरामा छिनोफानो भएपछि यसपटक पुन: बेल टोटनहम फर्कनेछन।