× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    पहिरोको कारण अबरुद्ध बनेको मुग्लिन नारायणगढ सडक सुचारु ।

    ४ वर्ष पहिले

    आशि्वन २, चितवन ।
    पहिरोको कारण अबरुद्ध बनेको मुगि्लन-नारायणगढ सडक खण्डको घुमाउने र १४ किलोको पहिरो हटाएर यातायात सञ्चालन भएको छ । विहान पहिरो संगै आएको लेदो सडकमा जम्मा भएपछि राजमार्ग अबरुद्ध भएको थियो । पहिरो हटाउन भरतपुर सडक डिभिजन कार्यालयको लोडरले प्रयोग पहिरो खसेको ३ घण्टामा दुवै तर्फ यातायात सञ्चालन भएको हो । केही दिनदेखि वर्षाका कारण पहिरो खस्ने र राजमार्ग अबरुद्ध भइरहने भएको हुँदा सडक डिभिजन कार्यालय भरतपुरले पहिरो छिटो हटाइ राजमार्ग सुचारु गराउन चारकिलो र सिमलतालमा मेशिनहरु राखेका छन् । उता चारकिलो, पाचकिलो लगाएतका ठाउहरुमा भने आज समस्या नभएको ट्राफिक प्रहरी कार्यालय मुगि्लनले जानकारी दिएको छ ।