× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जनकपुरमा आइपुग्यो रेल

    ४ वर्ष पहिले

    लामो समयको प्रतिक्षापछि नेपाल सरकारले खरिद गरेको रेल जनकपुरमा आइपुगेको छ। कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन जनकपुर ल्याइएको हो।
    ६ वर्षको लामो प्रतिक्षा पछि कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बगी तथा ४ सेट इन्जिन ट्रायलका लागि जनकपुरधाम ल्याइएपछि हजारौँको संख्यामा स्थानियहरु कोरोना भाइरसलाई वेवास्ता गर्दै रेल हेर्न आएका थिए।


    एक अर्बको लागतमा किनिएको तथा नेपालको झण्डाको रंगमा रंगिएको दूबै सेट रेलको ट्रायल गरिएको तथा चाँडै नै सर्वसाधारण यात्रुका लागि समेत रेल संचालनमा ल्याउने तयारी भई रहेको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए।