× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्वास्थ्य

    मोटोपन घटाउने गज्जवको सजिलो घरलु तरिका ।

    ४ वर्ष पहिले

    एजेन्सी – शरीर पातलो छ तर पेट भने लगातार फुल्ने समस्या लगभग १० देखि ८ मानिसहरुले भोगिरहेका हुन्छन् । पेट बढ्दा आफूलाई मन पर्ने कपडा लगाउन नपाउने तथा आफैलाई असहज महसुस हुने गर्छ । 

    तर, पेट बढ्ने समस्याको समाधानका लागि घरमा नै केही उपायहरु अपानाउन सकिन्छ । 

    दैनिक ३.५ लिटर पानी पिउनुस् 
    पेट बढेपछि कतिपय मानिसहरु पानी पिउन छोड्छन् । तर, पानीले पेट कहिल्यै बढ्दैन । पानीको कमि भएमा शरीरमा डिहाइड्रेशनको समस्या पैदा हुन्छ । त्यसैले दैनिक ३ देखि ४ लिटर पानी पिउनुस् । जसले डिहाड्रेट हुनबाट बचाउँछ र पेट बढ्न कम हुन थाल्छ ।

    बिरे नुनले नुहाउनुस्
    यदि तपाईंको पेट बढ्ने समस्या कम भएन भने बिरे नुन पानीले हालेर नुहाउने गर्नुस् । यसमा भएको म्याग्नेशियमले शरीरमा भएको अतिरिक्त पानीले सोस्ने काम गर्छ र तपाईंको पेट घट्दै जान्छ । तर, यो प्रक्रिया हप्तामा एक पटक मात्रै गर्ने गर्नुपर्छ । यसका लागि पानीमा दुई कप बीरे नुन मिसाउनुपर्छ । 

    केरा
    केरामा पोटाशियमको मात्रा भरिपूर्ण हुन्छ । यसले फुलेको पेटलाई पुनः घटाउन मद्दत गर्छ । पोटाशियमले खानामा भएको सोडियमको प्रभावलाई कम गराइदिन्छ । त्यसैले केरा खाने गर्नुपर्छ । 

    यी तरकारी नखाने 
    यदि तपाईं पेटको समस्याले चिन्तित हुनुहुन्छ भने केही समयका लागि प्याज, ब्रोकाउली, गोभी, पत्ता गोभी जस्ता तरकारीहरु खान बन्द गर्नुपर्छ । किनकी तरकारीहरुले तपाईंको शरीरका अंगहरु बढाउने काम गर्छ । 
    यी तरकारीहरुमा पोषक तत्व भरपुर मात्रामा हुन्छ । तर यसको धेरै सेवनले पेट अत्याधिक बढ्ने गर्छ । 

    चुइगम
    चुइगम वा अन्य कुनै पनि प्रकारका गमको सेवनले पेट बढाउने समस्या पैदा गर्छ । चुइगममा चिनी, अल्कोहल र कृत्रिम मिठास जस्ता सोर्बिटोल र जाइलिटोल हुन्छ । जसले पेट धेरै फुलाउने गर्छ । त्यसैले चुइगम खाइदैँन त्यसलाई चपाएर फाल्ने गरिन्छ । 

    रातिको खाना छिटो खानुस्
    रातिको खाना छिटो खान गर्नुपर्छ । रातिको खाना छिट्टो खाएमा कहिल्यै पनि पेट बढ्ने समस्या झेल्नुपर्दैन । त्यसैले बिहान र रातिको खानाको बीचको ग्याप १२ घण्टा राख्नुपर्छ । जसले पाचन प्रक्रिया ठीक गराउँछ । 

    अदुवा
    अदुवाले शरीरलाई निकै फाइदा पुर्याउँछ । कुनै पनि पेट बढ्ने समस्याको समाधानका लागि अदुवा फाइदाजनक हुन्छ ।