× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दुर्घटनमा मोटरसाइकल चालकको मृत्यु ।

    ४ वर्ष पहिले

    आश्विन ३, चितवन । चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ६, पारसनगरका ज्योति दराई छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार आज बिहान ७ बजे भरतपुर महानगरपालिका ६, गीतानगरबाट सीतारामचोक तर्फ गइरहेको लु.१च ४४३५ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आइरहेको प्रदेश नम्बर २-०३-००६प ७७६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

    दुर्घटनामा सख्त घाइते दराईको भरतपुर अस्पतालमा उपचारका क्रममा ७ बजे मृत्यु भएको थापाले जानकारी दिए । पिकअप भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।