× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सन्दीप आवद्ध दिल्लीको आइपीएलमा विजयी सुरूवात, सुपर ओभरमा पञ्जाव पराजित

    ४ वर्ष पहिले

    एजेन्सी- नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा विजयी सुरूवात गरेको छ ।

    आइतबार राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको छ । सुपर ओभरमा पञ्जाबले दिल्लीलाई केबल ३ रनको लक्ष्य दिएको थियो भने सो लक्ष्य दिल्लीले दोस्रो बलमा नै पुरा गरेको थियो ।

    यसअघि दिल्लीले दिएको १५८ रनको लक्ष्य पछाएको पञ्जाबले निधारित २० ओभरमा पञ्जाबले पनि ८ विकेट गुमाउदै १५७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।

    पञ्जाबका लागि मयंक अग्रवालले ८९ बनाएका थिए । मयंकले ६० बलमा ८९ रन बनाएका थिए ।

    त्यस्तै केएल राहुलले २१ बनाए भने कृष्नाप्पा गोवथमले २० रन बनाएका थिए । त्यस्तै सरफराज खानले १२ रन बनाएका थिए ।

    दिल्लीका बलर कागीसो रबाडा र आर आश्विनले २-२ विकेट लिएका थिए भने मोहित शर्मा, मार्कोस स्टोईनिस र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको हो ।

    खराब शुरुवात गरेको दिल्लीले शुरुको चार ओभरमा नै आफ्ना महत्वपूर्ण ३ विकेट गुमाएको थियो । दिल्लीका पृथ्वी शा ५ रनमा शिखर धवन शुन्यमा र शेमरन हेटमेयर ७ रन बनाएर आउट भएका थिए ।

    त्यसपछि कप्तान श्रेयस अय्यर र रिषव पन्तले ७३ रनको साझेदारी गर्दै दिल्लीलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । श्रेयसले ३९ रन बनाए भने रिषव ३१ रन बनाएर आउट भए ।

    त्यस्तै मार्कोस स्टोइनिसले अन्त्यमा उत्कृष्ट ब्याटिंग गर्दै २१ बलमा ५३ रन बनाएका थिए भने अक्सर पटेलले ६ र आर आश्विनले ४ रन बनाए ।

    पञ्जाबका बलर मोहमद सामीले ३ विकेट लिएका थिए । सामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा केबल १५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै शेल्डन कोट्रेलले २ विकेट लिए भने रवि विस्नोई एक विकेट लिएका थिए ।

    दिल्लीले एक विकेट रनआउटको रुपमा गुमाएको थियो ।

    आइपिएल अन्तर्गत सोमबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुदै छ । खेल साँझ ७:४५ बजे हुदै छ ।