× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आजदेखि ५ दिनसम्म धेरै ठूलो वर्षा हुने र हावाहुरीसमेत आउने सम्भावना – मौसम विभाग

    ४ वर्ष पहिले

    जल तथा मौसम विज्ञान विभागले आज सेप्टेम्बर २१ रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावनासमेत रहेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

    आइतबार साँझ ७ बजे विशेष मौसम बुलेटिन जारी गर्दै विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर (पश्चिमतर्फ) सर्ने क्रममा आगामी ४\५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन\चट्टयाङ सहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो।

    साथै हावाहुरी समेत आउने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।