× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    २२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो

    ४ वर्ष पहिले

    आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता प्राणीका अस्थिपञ्चर त्यहाँ हिउँका कारण सुरक्षित हुन्छन् । ल्याकोभोस्की टापूमा अहिले वैज्ञानिहरुले शताब्दीऔँ अघि लोप भएको ‘केभ बियर’ (भालु) भेटेका छन् ।

    रोचक कुरा, यसको नाक, दाँत र आन्तरिक अंगहरु पनि सुरक्षित अवस्थामा छ ।

    वैज्ञानिकहरुका अनुसार यसको मृत्यु २२ हजारदेखि ३९ हजार ५ सय वर्ष पहिले भएको हुनुपर्छ ।  यसको प्रजाती ‘युर्सस स्पेलेयस’ अन्तिम हिउँ युगताका बाँचेको थियो र कम्तिमा १५ हजार वर्षअघि लोप भयो । मृगको संरक्षणमा खटिएकाहरुले सबैभन्दा पहिले भालुको शव भेटेका थिए । उनीहरुले रसको याकुस्टस्स्थित (एनईएफयु) नर्थ–इस्टर्न फेडरल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई यसबारे खबर गरे ।

    अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु

    अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा

    ‘सफ्ट टिस्युसहित भालुको पूर्ण शव भेटिएको यो पहिलो र एकमात्रै घटना हो,’ एनईएफयुकी अनुसन्धानकर्ता लिना ग्रिगोरियभाले भनिन् । अहिलेसम्म वैज्ञानिकहरुले ‘केभ बियर’ को अस्थिपञ्जर फेला पारेका थिए, तर सबै अंगसहितको यस्तो शव भेटिएको थिएन । जब, युरोप र एशियाका अधिकांश भूभाग हिउँले ढाकिएका थिए, त्यतिबेला केभ बियरहरु यस इलाकामा घुम्थे ।

    यस समय हिउँमा बस्ने विशाल हात्ती (माम्मोथ), तरबारजस्तो दाँत भएका बिरालो र ठूला स्लथहरु पनि यस भूभागमा बस्थें । त्यतिबेला केभ बियर निकै ठूला हुन्थें, भालेको वजन २२ सय पाउन्डसम्म हुनसक्थ्यों । अहिले जीवित रहेका संसारकै सबैभन्दा ठूला भालुभन्दा यो झन्डै ५ सय पाउन्ड बढी हो । यसअघि रुसको याकुटियामा भर्खरै अर्को केभ बियरको शव भेटिएको थियो, यो बच्चा भालु थियो । वैज्ञानिकहरुले यी दुई जनावरको डिएनए तुलना गर्ने तयारी गरेका छन् ।

    पृथ्वीको तापक्रम बढ्दै जाँदा, बाह्रै महिना हिउँले ढाकिने साइबेरियाली भूभागमा हिउँ पग्लन सुरु भएको छ । जसकारण, दशौँ हजार वर्षसम्म हिउँमै पुरिएर रहेका  हिमयुगका प्रजातिहरुको शव भेटिन थालेको छ । ल्याकोभोस्की टापूहरु, जहाँ यो भालु भेटियो, ती क्षेत्रहरु अन्तिम हिमयुगका बाक्लो रौंसहितका हात्तीको (म्याम्मोथ) अवशेषले भरिपूर्ण छन् । गत वर्ष वैज्ञानिकहरुले याकुटिया नदीको किनारमा ४० हजार वर्ष पुरानो ब्बाँसोको टाउको भेटेका थिए । जसमा दाँत, दिमाग, बाहिरी छाला र रौं समेत नबिग्रेको अवस्थामा थियो ।

    दुई दुलर्भ केभ– सिंहका डमरु र ४२ हजार वर्ष पुरानो घोडा याकुटियाको हिउँमा भेटिएका अन्य प्राचिन प्राणी हुन् । तापक्रम निरन्तर बढ्दै गएकाले थप अवशेषहरु भेटिन सक्ने अनुमान छ ।