× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरको सुखद सुरुवात

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग अन्तर्गत दुबईमा जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले हराएको छ।

    टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।

    बेङ्ग्लोरका लागि ओपनर देबदत्त पार्डिकलले सर्वाधिक ५६ रन जोड्दा एबि डि भिलर्सले ५१ रनको अर्धशतकीय पारी खेले।

    त्यस्तै, आरोन फिन्चले २९ तथा कप्तान बिराट कोहलीले १४ रन जोडे। उता हैदराबादका लागि टी नटराजन, विजय शंकर र अभिशेक शर्माले १\१ विकेट लिए।

    १६४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १९.४ ओभरमा १५३ ओभरमा अलआउट हुन पुग्यो।

    हैदराबादका लागि जोन्नी बेयरस्टोले सर्वाधिक ६१ रन बनाउँदा मनिष पाण्डेले ३४ तथा प्रियम गर्गले १२ रन जोडे। त्यसपछिका ब्याट्समेनहरु क्रिजमा जम्न नसक्दा दोहोरो अंकको रन नजोड्दै पभेलियन फर्किए।

    हैदराबादलाई लक्ष्य भेट्न नदिन बेङ्ग्लोरका युजबेन्द्र चहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदा नवदीप शैनी र शिवम दुबेले २\२ विकेट लिए।