× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    इग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात

    ४ वर्ष पहिले

    एजेन्सी – साविकको उपविजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो ।
    वल्भ्समा सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए ।

    घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्दा सिटीले २०औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । रोमेन सइसले पेनाल्टी बक्समा केभिन डि ब्रुयन माथि अनावश्यक ट्याकल हानेपछि प्राप्त पेनाल्टीमा ब्रुयन आँफैले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसअघि १२औं मिनेटमा ग्याब्रियल जेससलाई फल गरेपछि प्राप्त फ्रिकिकमा ब्रुयनको २० यार्ड टाढादेखिको प्रहार वल्भ्सका गोलरक्षक रुई प्याट्रिसियोले पञ्च गर्दै बचाए ।
    ३१औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । रहिम स्ट्रलिङको लो क्रस पासमा फोडेनले पेनाल्टी बसभित्रबाट सहजै गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा ब्रुयन र जेससको उत्कृष्ट समन्वयमा राम्रो मुभ बनेपनि रुई प्याट्रिसियो बाधक बन्दा सिटीले थप गोल गर्न सकेन ।

    दोस्रो हाफको सुरुवातमा भने वल्भ्सले सिटीलाई दवावमा राख्दै ८ मिनेटको अन्तरमा चार आक्रमण बुनेपनि सदुपयोग गर्न नसक्दा वल्भ्सले गोल अन्तर घटाउन सकेन । ५६औं मिनेटमा ड्यानियल पोडेन्सको प्रहारलाई सिटीका डिफेन्डर बेन्जामिन मेन्डीले ब्लक गरे । ५८औं मिनेटमा पेड्रो नेटोको पासमा पोडेन्सले १५ यार्डमा अवसर पाएपनि सदुपयोग गर्न सकेन । त्यसपछि रुवेन नेभेसले प्रयास गरेपनि फोडेनले ब्लक गर्दै गोल टारे ।

    ६१औं मिनेटमा पोडेन्सले दुई डिफेन्डर नाथन एके र जोन स्टोन्सलाई बिट गर्दै गरेको प्रहारमा सिटीका गोलरक्षक इडर्सन मोरेस बाधक बन्दा वल्भ्स अग्रता घटाउनबाट चुक्यो । लगत्तै राहुल जिमिनेजको सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
    ७३औं मिनेटमा जेससले गोल गरेपनि भिएआरको मान्यता पाएन । फिल फोडेनको थ्रु पासमा जेसस शुरुमै आफसाइड पोजिसनमा रहेको भिएआरमा देखिएको थियो । ७८औं मिनेटमा राहुज जिमिनेजले गोल गर्दै वल्भ्सलाई खेलमा फर्काउने संकेत दिए । डि ब्रुयनलाई बिट गर्दै दिएको उत्कृष्ट क्रसमा जिमिनेजले हेडुरमार्फत जाली चुमाएका थिए ।

    इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जेसस चुकेपनि पाँचौ मिनेटमा जेससले गोल गर्दै सिटीलाई ३–१ को सहज जित दिलाए । जेससले केभिन डि ब्रुयनको पासमा गोल गर्न सफल भएका थिए । जितसँगै सिटीको ३ अंक जोडेको छ । वल्भ्सको यो पहिलो हार हो । यसअघि वल्भ्सले सेफिल्डलाई हराएको थियो ।

    यस्तै अर्को खेलमा एस्टन भिल्लाले १० खेलाडीमा समेटिएको सेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । भिल्लाको जितमा इज्री कोन्साले ६३औं मिनेटमा गरेको गोल नै भिल्लाको जितमा पर्याप्त बन्यो ।

    त्यसअघि खेलको १२औं मिनेटमा जोन इगन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेफिल्ड १० खेलाडीमा समेटिएको थियो । ३६औं मिनेटमा जोन लन्डस्ट्राम पेनाल्टीमा चुक्दा सेफिल्डले अग्रता लिने अवसर गुमाएको थियो । भिल्लाले पहिलो खेलमा नै सफलता हात पारेको हो । सेफिल्डको यो लगातार दोस्रो हार हो ।