× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु ।

    ४ वर्ष पहिले

    आश्विन ६, हेटौंडा ।
    मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सरिखेतनजिक झिल्किनीमा बोलेरो दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । मनहरी बजारबाट सामानसंगै यात्रु बोकेर सरिखेत जाँदै गरेको ग. १ ज. ७१७५ नम्बर बोलेरो सडकबाट करिब ४० फिट तल खसेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षीय अनुप वाइबा, १३ वर्षीय रिजन तितुङ राइ रहेको राक्सिराङ गाउँ पालिकाको अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । दुर्घटनामा अर्का घाइते २७ वर्षीय सुरज शाहीको चितवन स्थित मेडिकल कलेजमा उपचारका क्रममा सोमबार साँझ ६ बजे मुत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएका छन् । सोमबार दिउँसो करिब ३ बजे दुर्घटनमा परेको उक्त बोलेरोमा ७ जना सवार रहेको र अन्य सवार यात्रुहरुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले बोलेरो चालक भीषण प्रजालाई आफ्नो नियन्त्रणमा लिएको छ ।