× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपिएलमा राजस्थान रोयल्सले चेन्नई लाई हरायो

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्सलाई पराजित गरेको छ ।
    गएराती सम्पन्न खेलमा राजस्थानले चेन्नईलाई १६ रनले पराजित गरेको हो ।

    राजस्थानले दिएको २१७ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै २०० रन मात्र बनाएपछि खेल १६ रनले हारेको हो ।

    चेन्नईका लागि फाफ डुप्लेसीले सर्बाधिक ७२ रन बनाए । डुप्लेसीले ३७ बलमा एक चौका र ७ छक्का प्रहार गरेका थिए ।

    त्यस्तै शेन वाटशनले ३३ रन बनाए भने महेन्द्र सिंह धोनीले १७ बलमा २९ रन बनाएका थिए । त्यस्तै केदार जादभले २२, मुरली विजयले २१ तथा साम कुरानले १७ रन बनाएका थिए ।

    राजस्थानका बलर राहुल तेबतियाले ३ विकेट लिए भने जोफ्रा आर्चर, श्रेयस गोपाल र टम कुरानले एक एक विकेट लिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।

    राजस्थानका लागि सन्जु सामसनले ३२ बलमा ७४ रन बनाएका थिए । सामसनले एक चौका र ९ छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भएका थिए ।

    त्यस्तै राजस्थानका कप्तान स्टिभ स्मिथले ४७ बलमा ६९ रन बनाए । त्यस्तै जोफ्रा आर्चरले अविजित८ बलमा २७ रन बनाएका थिए भने त्यस्तै टम कुरानले १० रन बनाएका थिए ।

    राजस्थान रोयलको इनिंगमा ब्याट्सम्यानले कुल १७ छक्का प्रहार गरेका थिए ।

    चेन्नईका बलर साम कुरानले ३ विकेट लिए भने दिपक चहर, लुंगी इंगिडी र पियुष चावलाले एक एक विकेट लिएका थिए ।

    यस खेलमा ७४ रन बनाएका राजस्थानका सन्जु सामसन खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

    योसँगै राजस्थानले आइपिएलको यो सिजनमा विजयी शुरुवात गरेको छ भने चेन्नईले २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ ।

    आइपीएल अन्तर्गत आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुदै छ ।