× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

    ४ वर्ष पहिले

    एजेन्सी-विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेमा सवैभन्दा धेरै अमेरिकाका रहेका छन् । अमेरिकामा मंंगलबार ९३७ संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या २ लाख नाघेको समाचार एजेन्सीले जनाएकोछ। अमेरिकामा हालसम्म २ लाख ५ हजार ४ सय ३९ कोरोना संक्रमितको मृत्यु भएको समाचारमा जनाएका छन्। अमेरिकामा संक्रमित संख्या ७० लाख ९७ हजार ९ सय ३७ पुगेको छ ।
    पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ५ हजार ५ सय संक्रमितको मृत्यु भएकोमा भारतमा सबैभन्दा धेरै रहेका छन्। त्यहाँ १ हजार भन्दा धेरै संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ९० हजार नाघेको छ।
    यस्तै ब्राजिलमा १ लाख ३८ हजार संक्रमितको मृत्यु भएको छ। विश्वभर हालसम्म ९ लाख ७४ हजार संक्रमितले ज्यान गुमाएका छन्। ३ करोड १७ लाख ६१ हजारमा संक्रमण पुष्टि भएकोमा ४३ लाख ४३ हजार मानिस संक्रमण मुक्त भएका छन्।