× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गुडिरहेको कन्टेनरमाथि पहिरो खस्यो, पृथ्वीराजमार्ग पुन अबरुद्ध ।

    ४ वर्ष पहिले

    आश्विन ७, धादिङ्ग । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा गुडिरहेको २ वटा कन्टेनरलाई पहिरोले लाग्दा राजमार्ग अबरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेट एचआर ३३–९९०१ नम्बरको कन्टेनरको केही भाग पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार लेदो सहित आएको पहिरोले २ वटा कन्टेनरहरुलाइ क्षति पु¥याएको तर मानविय क्षति भने नभएको जानकारी दिएका छन् ।पहिरोका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्ध बनेको छ भने राजमार्ग अबरुद्ध हुँदा सयौ सवारी साधनहरु जाममा परेका छन् । पहिरो हटाउने काम शुरु गरिसकेको तर वर्षा भइरहेकोले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएका छन् । विहानमात्र पृथ्वीराजमार्ग अन्तरगत जोगीमाराको पहिरोमा घण्टौ जाममा परेकाहरु सवारीसाधन पुन जाममा परेका हनु् ।