× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सवारी दुर्घटनामा ३ जनाको मृत्यु

    ४ वर्ष पहिले

    काठमाडौं । विभिन्न जिल्लामा भएकाे सवारी दुर्घटनामा परी तीन जनाकाे मृत्यु भएकाे छ । काठमाडौं महानगरपालिका-२६ गोंगबुमा बा४ ख ३८५० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका कपन बस्ने ४५ वर्षीय शंकर पन्तकाे मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टोखा बस्ने १४ वर्षीय शंकर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    त्यस्तै सुनसरी, ईनरुवा नगरपालिका-३ स्थित सडकमा को४ प २६९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ४० वर्षीय सम्पतलाल उरावको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

    उता बारा, कलैया उपमहानगरपालिका-९ रामपुरस्थित सडकमा बा२० च ४९९३ नम्बरको पिकअप गाडीमा भे६ प ४३५७ नम्बरको मोटरसाइकल ठोकिएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिम्रनगढ नगरपालिका-६ बस्ने २३ वर्षीय अभिषेक महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पतालमातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।मकालु खबरबाट सभार ।