४ वर्ष पहिले
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइड राइर्डसलाई पराजित गरेको छ । मुम्बईले कोलकोत्तालाई ४९ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य कोलकोत्ताले पुरा गर्न सकेन । उसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रनमात्र बनायो । मुम्बईले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।मुम्बईका लागि कप्तान रोहित शर्मा चम्किएका थिए । उनले ६४ बलमा ६ छक्का र ३ चौकाको सहयोगमा ८० रन बनाए । रोहितले यही खेलमा आईपीएलमा २ सय छक्काको रेकर्डसमेत बनाएका छन् । मुम्बईका लागि सूर्यकुमार यादव ४७ र सौरभ तिवारी २१ र हार्दिक पाण्डयले १८ रन जोडे ।कोलकत्ताका शिवम माभीले २ विकेट लिए भने सुनिल नारिने र आन्द्रे रसेलले १/१ विकेट हात पारे ।यो सिजनको आइपीएलमा मुम्बईको यो पहिलो जित हो । अघिल्लो खेलमा चेन्नेईसँग पाँच विकेटले पराजित भएको थियो । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ ।