× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चारकिलोको पहिरो १ घण्टापछि दुवै तर्फ सञ्चालन हुने गरी काम हुदै ।

    ४ वर्ष पहिले

    आश्विन ८, चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चारकिलोमा खसेको पहिरो दुवैतर्फ सवारी साधन रोकेर हटाउने काम भइरहेको छ । हिजो राति चारकिलोमा खसेको पहिरो विहान ३ः३० बजेबाट एक तर्फी सञ्चालन गरेको थियो । दुवै तर्फ राजमामार्ग सञ्चालन गराउन विहान ९ बजेबाट २ वटा मेसिनहरुको प्रयोग गरी पहिरो हटाउने काम भएको प्रहरीले जानकारी दिएका छन् । थप पहिरो नखसे १ घण्टामा दुवै तर्फ यातायात सञ्चालन गर्न सकिने गरी काम भएको ट्राफिक प्रहरी कार्यालय मुगि्लनले जानकारी दिएको छ । त्यस्तै कुरिनटार नजिकै धारापानीमा खसेको पहिरो हटाइ एकतर्फी राजमार्ग सञ्चालनमा गरिएको प्रहरीले जानकारी दिएको छ ।

    उता पृथ्वीराजमार्ग अन्तरगत मुगि्लन नौविसे सडक खण्डमा पनि विभिन्न ठाउहरुमा खसेको पहिरो हटाइ राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरी चौकी जोगीमाराले जानकारी दिएको छ । वर्षा भइरहेकोले थप पहिरो खस्ने सम्भावना रहेका हुँदा यात्रा गर्नुअघि हाइवेको अपडेट लिएरमात्र यात्रा गर्न र सकेसम्म बैकलि्पक राजमार्गको प्रयोग गर्न प्रहरीले बताएका छन् ।