× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    १२ वर्ष अघि हराएको भनिएको चीनसँगको ११ नम्बर सीमास्तम्भ फेला पर्‍यो

    ४ वर्ष पहिले

    हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गत चीनसँगको सीमाको ११ नम्बर स्तम्भ फेला परेको छ ।चीनले सीमा मिचेर घर बनाएको रिपोर्ट आएपछि सो क्षेत्रको अध्ययन गर्न पुगेको प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोली पुगेको थियो ।टोलिले ११ नम्बर सीमा स्तम्भ खोज्ने निष्कर्ष सहित नेपाली सेना र सशस्त्र प्रहरीको टोलिलाई स्तम्भ खोज्न खटाएको थियो ।नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ लामाले ११ नम्बर स्तम्भ भेटिएपछि अब प्राविधिक टिमले अध्ययन गरेपछि मात्र चीनले सीमा मिचे नमिचेको निधो हुने बताए । अध्यक्ष लामाका अनुसार प्राविधिक टोलिले मार्किङ गरेपछि आउने रिपोर्टका आधारमा मात्र निष्कर्ष निस्किने बताएका छन् ।विभिन्न मिडियामा चीनले सीमा मिचेको विषय आएपछि चिनियाँ दुताबास र नेपाल सरकारले समेत यस बारेमा स्पष्ट परेका छन् ।यस अघि चीनले सो क्षेत्रमा नेपालको भूमिको २ किलोमिटर क्षेत्रभित्र नौ वटा भवन बनाइसकेको बताइएको थियो ।चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता र अखण्डताको सधै सम्मान गर्ने भन्दै कुनै सीमा विवाद नरहेको बताएको छ ।केही दिनयता नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको छ ।चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले जारी गरेको विज्ञप्तिमा चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् । मिडिया र सामाजिक संजालमा यस विषयमा व्यापक चर्चा भएपछि परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको बताएका छन् ।हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताएका हुन् । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालमा घर बनाएको भनेर समाचार सम्प्रेषण भएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भन्दै स्थलगत अध्ययनका लागि टोली गएको बताएका छन् ।उनले भने, ‘नेपाल-चीन बीचमा सीमा समस्या छैनन् । कहिँकतै छन् भने त्यस्तो समाधान गर्ने संयन्त्र छन् ।’

    कान्तिपुरबाट