× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    पन्जाबसँग विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंगलोरको लज्जास्पद हार

    ४ वर्ष पहिले

    इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।
    पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछाएको बैंगलोर १७ ओभरमा केवल १०९ रन बनाएर अलआउट भएपछि पञ्जाब ९७ रनले विजयी भएको हो ।
    पञ्जाबका लागि कप्तान केएल राहुलले उत्कृट शतकीय पारि खेलेका थिए । राहुलले ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरेर आफ्नो शतक पुरा गरेका थिए ।

    यो यस सिजनको आइपिएलको पहिलो शतक हो ।

    राहुलले अविजित रहदै १४ चौका र ७ छक्कासहित ६९ बलमा १३२ रन बनाएका थिए ।

    राहुलले हानेको बलमा बैंगलोरका कप्तान विराट कोहलीले दुई पटक क्याच छोडेर जीवनदान दिएका थिए ।

    पञ्जाबका लागि मयंक अग्रवालले २६ रन बनाए भने निकोलस पुरनले १७ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेल ५ रन बनाएर आउट भए भने करुण नायरले अविजित १५ रन बनाएका थिए ।

    बैंगलोरका बलर शिभम दुबेले २ विकेट लिए भने युजवेन्द्र चहलले एक विकेट लिएका थिए ।

    विशाल लक्ष्य पछ्याएको बेंगलोरले पहिलो ओभरको चौथो बलमै ओपनर देवदत्त पाडिक्कललाई एक रनमा गुमाएको थियो ।बैंगलोरका लागि वाशिंगटन सुन्दरले सर्बाधिक ३० रन बनाए भने एबी डिभीलियर्सले २८, एरोन फिन्चले २०, शिभम दुबेले १२ रन बनाए । त्यस्तै कप्तान विराट कोहली १ रन बनाएर आउट भएका थिए ।


    पन्जाबका रबि बिश्रोईले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । शेल्डन कटरेलले ३ ओभरमा १७ रन २ खर्चेर विकेट लिए । मुरुगन ३ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । ग्लेन म्याक्सवेल र मोहम्मद शामीले १–१ विकेट लिए ।
    यो जितसँगै पञ्जाबले दोस्रो खेलमा जित हासिल गरेको छ। शतकीय पारी खेलेका पञ्जाबका कप्तान केएल राहुल खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

    आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल र चेन्नई सुपरकिंग्सबीच खेल हुदै छ ।