× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भारतीय प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन

    ४ वर्ष पहिले

    दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यम ७४ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार दिउँसो चेन्नईको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ कै कारण निमोनिया जटिल बन्दै गएपछि उनलाई अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सेप्टेम्बर ४ मा गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो ।


    ‘मैने प्यार किया’, ‘साजन’, ‘हम आपके हैं कोन’ लगायतका सलमान खानका चलचित्रमा बालसुब्रमण्यमले नै आवाज लिएका थिए । केही वर्ष पहिले आएको ‘चेन्नई एक्सप्रेस’ को टाइटल गीत पनि उनले नै गाएका थिए ।

    दक्षिण भारतमा पहिचान बनाइसकेका एसपी बालासुब्रमण्यमले सन् १९८१ मा आएको चलचित्र एक दूजे के लिए पहिलो हिन्दी चलचित्रमा कमल हसनको लागि गीत गाए र राष्ट्रिय पुरस्कार जितेका थिए ।

    एसपीले ६ पटक राष्ट्रिय पुरस्कार जितेका छन्, त्यो पनि चार फरक–फरक भाषामा– हिन्दी, तमिल, तेलुगु र कन्नड ।

    एसपी बालासुब्रमण्यमले एकैदिन २१ कन्नड भाषाको गीत गाएर कीर्तिमान बनाएका छन् । साथै उनले सबैभन्दा धेरै गीत गाएको गिनिज रेकर्ड (४० हजार) पनि उनकै नाममा भएको दाबी गरिएको छ ।