× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत तनहुँको आँबुखैरेनीका एक पुरुषकाे मृत्यु

    ४ वर्ष पहिले

    कोरोना भाइरस संक्रमणका कारण गण्डकी प्रदेशमा थप एकजनाको ज्यान गुमेको छ । तनहुँको आँबुखैरेनीका ३९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न १२:५५ बजे उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय पोखराले जानकारी दिएको छ । ती पुरुषमा २९ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनीसँगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ३३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा शुक्रबार थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या तीन हजार ६ सय १२ पुगेको छ ।