× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सन्दीप आवद्ध दिल्लीले आइपीएलमा चेन्नईलाई हरायो

    ४ वर्ष पहिले

    नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ ।

    शुक्रबार राती सातौं खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको थियो।
    १७६ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो र ऊ ४४ रनले पराजित हुन पुग्यो ।

    दिल्लीको टीममा नेपाली क्रिकेटर सन्दीप लामिछाने समेत रहेका छन् । तर आजको खेलमा समेत उनीले मौका पाएनन्।
    चेन्नईले पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित हुन पुगेको थियो । चेन्नईले चौथो खेलमा अक्टोबर २ मा सनराइजर्स हैदराबादसग खेल्ने छ । तेस्रो खेलमा दिल्लीले हैदराबादसँग सेप्टेम्बर २९ मा खेल्ने छ ।
    आइपिएल अन्तर्गत आज राती किंग्स इलेभेन पञ्जाब र राजस्थान रोयल्सबीच हुदै छ ।