× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • कर्णाली

    कोरोनाका कारण बबई क्याम्पस प्रमुख बिनाेद अग्रवालको निधन

    ४ वर्ष पहिले

    असाेज ११ २०७७ । कोरोनाका कारण गुलरिया बर्दियाका ५२ वर्षीय बर्दियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोद अग्रवालको निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । संक्रमणपछि बर्दियास्थित घरमै होम आइसोलेसनमा बसेका अग्रवाललाई शनिवार बिहान सास फेर्न समस्या भएको थियो ।

    समस्या बढेपछि थप उपचारका लागि तत्कालै नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउने क्रममा अस्पतालको गेटमा नपुग्दै उनको निधन भएको जनस्वास्थ्य कार्यालय बाँकेका कोभिड फोकल पर्सन नरेश श्रेष्ठ र भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

    श्रेष्ठका अनुसार, क्याम्पस प्रमुख अग्रवाल दुई वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । भारतमा उपचार गराइरहेका थिए । असोज ७ गते मात्र उनको पिसिआर परीक्षण भएको थियो । रिर्पोट पोजिटिभ आएपछि होम आइसोलेसेनमा बसेका थिए ।

    अन्यत्र जिल्लाबाट कोरोनाको उपचारका लागि यहाँ आई मृत्यु हुनेको संख्या छ जना पुगेको फोकल पर्सनल नरेश श्रेष्ठले जानकारी दिनुभयाे ।