× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पूर्वराजाको कम्पनीले ४८ करोडको बिदेशी लगानीकर्ताकाे सेयर किन्यो, साेल्टीबाट हङकङको लगानीकर्ता बाहिरियो,

    ४ वर्ष पहिले

    काठमाडौं, असाेज ११ । सोल्टी होटलबाट हङकङकाे लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको सबै सेयर बिक्री गरेको छ । ‘होलिडे इन्स इन्भेस्टमेण्ट लिमिटेड’ ले आफ्नो स्वामित्वमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत सेयर पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारकाे स्वामित्व रहेको सोल्टी इन्टरप्राइजेजलाइ बिक्रि गरेकाे छ । हङकङको होलिडे इन्स इन्भेस्टमेण्ट लिमिटेड कम्पनीले प्रतिकित्ता ५६ रुपैयाँ ६ पैसाका दरले जम्मा ४७ करोड २३ लाख ४५ हजार रुपैयाँमा उक्त सेयर बिक्री गरेको हो ।

    उक्त सेयर ३४ नम्बर ब्रोकरबाट बिक्री भएको र ३३ नम्बर ब्रोकरबाट खरीद भएको छ ।

    झण्डै एक वर्षअघि सोल्टी इन्टरप्राइजेज र इन्सबीच सेयर स्वामित्व बिक्रीका लागि सहमति पनि भएको थियो । त्यसयता उक्त सेयर डिम्याट खातामा लैजानु पर्ने भएकोले नै बल्क कारोबार भएको छ ।

    अब विदेशी कम्पनीले आफ्नो लगानी हङकङ लैजानका लागि बाटो खुला भएको छ । उक्त कम्पनीले झण्डै दुई दशकअघि होटलको सेयरमा लगानी गरेको थियो । आइतबार होटल सोल्टीको सेयर मूल्य प्रतिकित्ता १९० रुपैयाँ रहेको छ । आइतबार सबै भन्दा बढी ४८ करोड ५६ लाख ५१ हजार ८७९ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकमको आधारमा सोल्टी होटल सबैभन्दा माथि एवं अग्रस्थानमा रहेको छ ।