× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ‘डिपिआर’ तयार

    ४ वर्ष पहिले

    असाेज १२ । पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण “डिपिआर” तयार भएकाे छ । उक्त “डिपिआर” बि.आर.एस. सोलुसन इन्जिनियरिङले झण्डै १६ लाख रुपैंया लागतमा तयार गरेको हाे । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको रंगशाला १८ हजार दर्शक क्षमताको हुनेछ भने उक्त रंगशाला परियोजना विवरण अनुसार एक सय ७४ रोपनी क्षेत्रफलमा फैलिएकाे हुनेछ । पोखरा महानगरपालिका वडा नं. ३३ स्थित पशुपतिघाटमा १ अर्ब ६० करोडमा निर्माण हुने साे रंगशालाको लागी गण्डकी सरकारले यस वर्ष २ करोड रुपैंया विनियोजन गरेको छ ।

    अब चाडै नै दुतगतिमा जग्गा सम्याउने काम सुरु हुने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका उपसचिव तेज प्रसाद काफ्लेले बताउनु भयाे । सुविधासम्पन्न रंगशाला करिव ३ देखि ४ बर्ष भित्रमा सम्पन्न गर्ने याेजना रहेकाे समेत जानकारी दिनुभयाेे ।