४ वर्ष पहिले
असोज -१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय १३ जना संक्रमित थपिएका हुन् ।
२४ घण्टामा १० हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ९ हजार २ सय ९८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २० हजार २ सय ९६ रहेको छ ।संक्रमितमध्ये ९ हजार ६ सय ८९ संस्थागत आइसोलेसनमा छन् भने १० हजार ६ सय ७ जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट थप १० को मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।
हाल क्वारेन्टिनमा ५ हजार ७ सय ७८ जना रहेको छ । त्यसैगरी आईसीयूमा २१३ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको छ।