× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    आइपीएलमा कोलकाता ले राजस्थानलाई हरायो

    ४ वर्ष पहिले

    इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को १२ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । जारी आइपिएलमा कोलकाताले दोस्रो जित दर्ता गर्दा राजस्थानले पहिलो हार बेहोरेको हो ।
    बुधबार राती दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । कोलकातालाई बलियो अवस्थामा पुर्याउन तल्लोक्रममा ओईन मोर्गन २३ बलमा १ चौका र २ छक्का सहित ३४ रनमा अविजित रहे । कमलेश नगरकोटी ५ बलमा १ चौका सहित ८ रनमा अविजित रहे ।
    १७६ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रनमात्र बनाएका थिए ।राजस्थानका लागि सन्जु स्यामसन र बटलरले समान २१\२१ र अलराउन्डर टम करन ३६ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ५४ रनमा अविजित रहेपनि अन्य ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा पराजित हुन पुगेको हो ।
    राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो । दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले हराएको थियो । चौथो खेलमा राजस्थानले शनिबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । कोलकाता पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो । कोलकाताले चौथो खेल शनिबारनै दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।
    आज साँझको खेल किंग्स इलेभेन पन्जाव र कोलकोता नाइटराइडर्स बीच हुनेछ ।