× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    मनकामना केबुलकारको डिजिटल टिकट अब मोबाईलबाट नै खरिद गर्न सकिने ।

    ४ वर्ष पहिले

    काठमाण्डाै, असाेज १५ । यात्रु तथा र्दशनार्थीहरुको सुविधालाई ध्यानमा राखेर मनकामना दर्शन प्रा. लि.ले केवुलकारको टिकट नेपाल कै नम्बर एक ईपेमेन्ट गेटवे ई–सेवा मार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ । अव टिकट खरिदको लागी यात्रुहरुले लामो लाईन बस्नु नपर्ने साथै काउण्टरमै टिकट लिनुपर्ने अवस्था भएमा फोनपे मार्फत डिजिटल पेमेन्ट पनि गर्न सकिने व्यवस्था गरेको जानकारी गराउदै हाल कोरोनाको महामारीको अवस्थामा यो सुविधाले सबैको लागी थप सहज हुने कम्पनि म्यानेज्मेन्टले जानकारी गराएको छ ।

    यससंगै अवस्था अनुकुल भएमा नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाएर केवुलकार सञ्चालन गर्न कम्पनिले आफ्नो तर्फबाट सबै प्रक्रिया पुरा गरी तयारी अवस्थामा रहेको जानकारी समेत गराएको छ । लामो लकडाउनको अवधिमा कम्पनिले आफ्नो सेड्युल मेनि्टनेन्स कार्यलाई भने निरन्तरता दिइ राखेको जानकारी गराउदै शुरक्षा कम्पनिको पहिलो प्राथमिकता रहेको जानकारी समेत गराउनु भयो ।

    नेपालको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पनि कोरोना महामारीको कारण हालसम्म बन्द नै रहेको छ । मन्दिरको दैनिक पुजा (आरती पुजा) भने पुजारीहरुबाट भई नै रहेको तर दर्शनार्थीहरुको लागी भने पुजा बन्द नै रहेको मनकामना मन्दिरका मूलपुजारी ईन्सान थापा मगरले जानकारी दिनु भयो ।