× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नक्कली इन्स्पेक्टर बनेर प्रहरीको फर्जी परिक्षा सञ्चालन गर्ने यादव पक्राउ

    ४ वर्ष पहिले

    वीरगञ्ज, असोज १५ । नक्कली प्रहरी इन्स्पेक्टर बनेर लोक सेवा आयोगको फर्जी परिक्षा सञ्चालन गराई रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित चौधरी टोल बस्ने अजय कुमार राय (यादव) रहेका छन् ।

    विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निर्मल पनेरुको नेतृत्वमा खटेको टोलिले उनलाई बुधबार दिउँसो वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित देव पार्टी प्यालेसमा प्रहरीको विभिन्न पदको नक्कली परिक्षा सञ्चालन गराई रहेको अवस्थामा पक्राउ गरेको हो ।

    प्रहरीले बुधबार दिउँसो पार्टी प्यालेसमा छापा मार्दा यादव केहि व्यक्तिहरुको सहयोगमा प्रहरी उपरीक्षकको वर्दी लगाएर परिक्षा सञ्चालन गराई रहेको प्रहरीले जनाएको छ ।

    Source: yatradaily