× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण

    ४ वर्ष पहिले

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई पनि संक्रमण पुष्टि भएको छ ।
    शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् ।

    यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
    कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् ।
    राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानकारी दिएका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र राष्ट्रपति ट्रम्प र प्रथम महिला ह्वाइट हाउसमै क्वारेन्टाइनमा बस्ने पनि बताए ।

    पछिल्लो समय राष्ट्रपति ट्रम्प चुनावी अभियानका क्रममा अमेरिकाका विभिन्न राज्य पुगेका थिए । बुधबार मात्रै उनले राष्ट्रपतीय निर्वाचनका लागि प्रतिद्वन्द्वी जो बाइडेनसँग चुनावी बहसमा सहभागी भएका थिए । सो बहस कार्यक्रममा प्रतिद्वन्द्वी जो बाइडेनले जतिखेर पनि माक्स प्रयोग गरेकोमा ब्याङ्ग्य गरेका थिए ।

    अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदैछ ।