× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    एकाविहानै त्रिशुलीमा ट्रक खस्यो, ३ जना घाइते ।

    ४ वर्ष पहिले

    आश्विन १७, चितवन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउपालिका ४ धारापानी नजिकैबाट आज विहान त्रिशुली नदीमा ट्रक खसेको छ । भैरहवाबाट काठमाण्डौ जादै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग त्रिशुली नदी किनारमा डुवेको अवस्था छ ।

    दुर्घटनामा परी घाइेत भएका ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का राम कुमार लोप्चन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिङका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन् ।

    विहान ५ बजे भएको दुर्घटना लगत्तै इ.प्र.का. मुग्लिङ र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको सशस्त्र टोलीले घाइतेको तत्काल उद्धार गरी उपचारको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।